तिनदिनसम्म वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

काठमाडौं, भदौ ६ ।आजदेखि तीन दिन (शनिबारदेखि सोमबारसम्म) देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा विभिन्न प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज शनिबार दिउँसो देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति पनि केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आइतबार

आइतबार दिउँसो देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

साथै सो दिन राति पनि देशभर सामान्यतया बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा र प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

सोमबार

सोमबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी भने वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै सो दिन राती पनि केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको ३ दिनसम्मको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

२४ घण्टे चेतावनी

शनिबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ– प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १(२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्