विश्वभर कोरोना : संक्रमितको संख्या २ करोड २५ लाख नाघ्यो

काठमाडौं , भदौ ६ । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड २५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ३६ हजार २७८ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ८९ हजार १९७ पुगेको छ ।सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्