अमेरिकामा मात्रै कोरोना संक्रमणले १ लाख ७९ हजारभन्दा बढीको मृत्यु

काठमाडौं , भदौ ६ । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार १४१ पुगेको छ ।

यस्तै एकैदिन थप ४८ हजार ५१७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५७ लाख ९४ हजार ७८९ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख १९ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २४ लाख ९६ हजार ५५८ जनामध्ये १६ हजार ८३३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्