पर्यटन मन्त्रालयका एक कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, भदौ ५ ।काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको छ । कोरोना बढ्दै गएपछि बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान भएको छ ।कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेध आदेश जारी गरिएको हो ।

भदौ १० गतेसम्म जारी गरिएको निषेध आदेश कार्यान्वयनका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । अत्यावश्यक कामका लागि पाससहित हिडेका सवारीसाधन र मानिसहरूलाई समेत सुरक्षाकर्मीले सोधपुछपछि मात्रै छाडिरहेका छन् ।निषेध आदेशको यो एक साताको अवधिमा अत्यावश्यक सेवा सञ्चालनमा भने रोक लगाइएको छैन ।

यसैबीच संस्कृति। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालय उच्च स्रोतका अनुसार बिहीबार आएको रिपोर्टमा ती अधिकृतमा कोरोना पोजेटिभ देखिएको हो।

यसैसाताको सुरुमा मन्त्रालयका सबै कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो। सरकारले सिंहदरबारभित्रका सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो। एक अधिकृतमा संक्रमण देखिएसँगै मन्त्रालयले उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न कर्मचारीहरुलाई भनेको छ।

ती अधिकृतलाई संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङसमेत भइरहेको मन्त्रालयले जनाएको छ।यता पछिल्लो समय पछिल्लो समय प्रहरीभित्र ह्वात्तै संक्रमणको दर बढेको छ। देशमा कोरोना संक्रमितको सङख्या थपिँदै जाँदा ड्युटीमा खटिएका प्रहरीमा समेत संक्रमित देखिन थालेको हो ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा समेत कोरोना देखिसकेको छ। मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या एक हजारनजिक पुगेको छ । पछिल्लो समय लगातार संक्रमित बढ्दै गएपछि संख्या हजारनजिक पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्