काठमाडौंमा हतियारसहित तीन जना पक्राउ

काठमाडौं, भदौ ४ । काठमाडौंमा हतियारसहित तीन जना पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखाको विशेष टोलीले माछापोखरीबाट नुवाकोटको शिखरबेसी ६ का विकेश पण्डितलाई २ थान अमेरिकन पेस्तोल, २ वटा म्यागजिन र १० राउण्ड गोलीसहित पक्राउ गरेको हो।

नुवाकोटको लिपु गाउँपालिका १ का २८ वर्षीय अम्मर तामाङले ती हतियार उनीहरुलाई दिएको पाइएपछि प्रहरीले नुवाकोटबाट अम्मरलाई पनि पक्राउ गरेको छ।

तर अम्मरले पनि ती हतियार आफ्नो नभएको बताएका छन्। उनले डाँका मुद्दामा सँगै जेल परेका धनुषाको धारापानीका शम्भु कार्कीको भएको बताए पनि शम्भुले समेत ती हतियार अर्कै व्यक्तिको भएको बताएका छन्।

उनले धादिङको खाल्टे घर भएका राजकुमार गुरुङलाई ती हतियार राख्न दिएको बताएका छन्।राजकुमार बालाजुको एक होटलको साहुलाई राख्न दिएको र साहुले बिकेश पण्डितलाई दिएको बताएका छन्।

अम्मर तामाङ डाका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी २०७६ फागुन २२ गते थुना मुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्