कोरोनाले लियो विश्वमा ७ लाख ७५ हजारको ज्यान, नेपालमा मात्रै १२० को मृत्यु

काठमाडौं , भदौ ४ । लकडाउन खुुकुलो भएसँगै कोरोना संक्रमणको दर बढेको छ । संक्रमण फैलिने क्रम अधिक भएका स्थानमा स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका छन् । यसैक्रममा काठमाडौं उपत्यकामा पनि हिजो राति १२ बजेबाट तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् ।
यसैबीच विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ७५ हजार ८९३ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।हालसम्म संक्रमितको संख्या २ करोड १९ लाख ८९ हजार ३६६ पुगेको तथ्यांकमा उल्लेख छ ।

यसैबीच, नेपालमा कोरोनाका कारण हालसम्म १२० जनाको मृत्यु भइससकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्