नेपालमा कोरोनाः संक्रमित मध्ये १३१ जना आइसीयूमा, ६ को भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, भदौ ३ । नेपालमा भेन्टिलेटर र आइसीयूमा गरी १३७ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ।

मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार नेपालमा १३१ जना कोरोना संक्रमित आइसीयुमा र ६ जना भेन्टिलेटरमा उपचारत छन् ।

भेन्टिलेटरमा रहेका ६ जना बागमती प्रदेशका अस्पतालमा रहेका संक्रमित हुन् । यस्तै आइसीयुमा रहेका संक्रमित मध्ये प्रदेश १ मा १० जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार देशभर ९४६ वटा आइसीयु र ४९६ वटा भेन्टिलेटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्