राष्ट्रिय झण्डा जलाउने समूहका चार पक्राउ, अन्यको खोजी तीव्र, होला त कारवाही ?

काठमाडौं, भदौ ३ । नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपलोड गरिएको उक्त भिडियो भाइरल भएपछि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चार जना पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार भिडियो बनाउने ४ जना पक्राउ परिसकेका र अन्य ६ जनाको खोजी तीव्र पारिएको छ । पक्राउ पर्नेमा १ युवती र ३ युवक छन् । पक्राउ परेकाहरू क्यामेराम्यान, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगायत हुन् ।

काठमाडौंमै इडिट गरेर युट्युबमा राखिएको उक्त भिडियोका मुख्य अभिनयकर्ताहरू अहिले खोजीमा छन् । भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको हो ।

प्रतिक्रिया दिनुहोस्