मोरङकी कोरोना संक्रमित महिलाको बीपी प्रतिष्ठानमा मृत्यु
काठमाडौं , भदौ ३ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको बुढीगंगा(२ निवासी ६७ वर्षीया मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले संक्रमित महिलाको मृत्यु भएको पुष्टि गरे । उनलाई विराटनगरस्थित विराट मेडिकल कलजेबाट सोमबार राति रिफर गरिएको थियो । उनमा भर्ना गर्दा अत्याधिक खोकी, सास फेर्न समस्या र ज्वरो आएको थियो ।
साथै उनी लामो समयदेखि मुटुको उपचार गर्दै आएको अस्पतालले जनाएको छ । मृतक महिलाको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्