सप्तकोशीको अवितरित हकप्रद सेयर लिलामीमा आउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको निष्काशन गरेको हकप्रद शेयरमा संस्थापक र साधारण गरि जम्मा ९ लाख ७३ हजार ६७७ कित्ता सेयर विक्री नभएको हो । बैंकले जारी गरेको १३० प्रतिशत हकप्रद जारी गरेकोमा सो परिमाणको सेयरमा सेयरधनीहरुले आवेदन नगरेका हुन् ।

बैंकले गत असार ३० गतेदेखि भदौ ९ गतेसम्म १ बराबर १.३ कित्ता अनुपातमा २७ लाख ४३ हजार कित्ता सेयरमा बिक्रीमा ल्याएको थियो । जसमध्ये १७ लाख ६९ हजार ३२३ कित्ता सेयर रितिपुर्वक आवेदन दिने १३ हजार ८०९ जनालाई असोज ४ गते हकप्रद बाँडफाँड गरेको बैंकले जनाएको छ ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ । हकप्रदमा अवितरित सेयर बैंकले केही समयपछि लिलामीमा ल्याउनेछ ।

गत आर्थिक बर्षको चौथो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकले २ करोड ३५ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११ रुपैयाँ १५ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्