प्राधिकरणको ३५ औं वाषिर्ककोत्सव, ११ अर्ब ६ करोड नाफामा
काठमाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणको ३५ औं वाषिर्ककोत्सवका सम्पन्न भएको छ । प्राधिकरणले वोर्षिकोत्सवको अवसरमा प्रकाशित गरे वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।
निरन्तर घाटामा गएको प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ्गको आगनम पछि गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाउन सफल भएको हो । सरकारले आव २०६/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२/०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाउन सफल भएको हो ।
आव २०७२/०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।
विद्यत् चुहावट घट्यो:
प्रणालीमा रहेको विद्युत् चुहावट १५।२७ प्रतिशतमा झरेको छ । आव २०७२/०७३मा २५।७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आवहरुमा निरन्तर घटाएर अहिले १५।२७ प्रतिशतमा झारेको हो । चुहावटलाई आव २०७/७४मा २२।९, २०७४/०७५ मा २०।४५, २०७५/७६ मा १५।३२ प्रतिशतमा झारिएको थियो ।
चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तिय रुपमा करिव ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्रणालीको कूल चुहावटलाई १० प्रतिशतभन्दा पनि तल लग्ने योजना बनाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
विद्यत् आयात घट्यो, निर्यात बढ्यो
गत आवमा मुलुकभित्रको विद्युत मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत अवमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२।३४ प्रतिशत आयात भएको छ ।
‘देश जतिबेला १८ घन्टासम्मको लोडसेडिङमा थियो, मुलुकभित्रको कूल विद्युत खपतको करिव ३५ प्रतिशतविद्युत भारतबाट आयात गर्नु पर्ने अवस्था थियो । तर विद्युत खपत करिव ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशत करिव ३५ देखि ३७ प्रतिशतकै हाराहारीमा थियो, प्राधिकरणका कुलमान घिसिङ्ग घिसिङले भने,’ तर, गत आवसम्म आइपुग्दा कूल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ, चालु आवमा यो घटेर ५ देखि १० प्रतिशत मात्र आयातको अंश रहनेछ ।’
आव २०७८÷०७९ बाट नेपाल विद्युतमा पूर्णत आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने उनले बताए । आव २०७२÷०७३मा साढे ३१ लाख, २०७३÷०७४मा २६ लाख ९० हजार, २०७४÷०७५मा २९ लाख ४० हजार, २०७५÷०७४मा ३ करोड ४७ लाख र २०७६÷०७७मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको हो ।
ऊर्जा खपत बढ्यो:
आर्थिक वर्ष २०७२/७३ मा वाषिर्क विद्युत खपत ३ अर्व ७१ करोड ५८ लाख युनिट थियो । अघिल्लो वर्षभन्दा अर्थात आर्थिक वर्ष २०७१र/०७२ भन्दा पनि त्यो वर्ष विद्युत उपयोग करिव ०।७ प्रतिशतले कमी भएको थियो ।
यसरी प्रतिव्यक्ति वाषिर्क विद्युत खपत १३१ युनिट मात्र थियो । तर, त्यस यता विद्युत खपत लगातार बढेको छ । आर्थिक वर्ष २०७३/०७४ को कूल विद्युत खपत ४ अर्व ७७ करोड ३८ लाख युनिट, आर्थिक वर्ष २०७४/०७५ मा ५ अर्व ५५ करोड ७३ लाख युनिट, आर्थिक वर्ष २०७५/७६ मा कूल खपत ६ अर्व ३३ करोड ८१ लाख र आर्थिक वर्ष २०७६/०७७ को कूल खपत ६ अर्व ५२ करोड ८७ लाख युनिट पुगेको छ । यसरी हाल प्रति व्यक्ति प्रति वर्ष विद्युत खपत करिव दुई सय ४५ युनिट पुगेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले समय र परिस्थितिको माग अनुसार संगठन संरचनालाई पुनर्संरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामूलक बनाउन कटिबद्ध रहेको बताए ।
‘आगामी दिनमा विद्युत्को आन्तरिक, अन्तरदेशीय र उपक्षेत्रीय बजार विस्तार गर्दै देशभित्र उत्पादित विद्युत् खेर नजाने गरी बिक्री गर्ने व्यवस्था मिलाइनेछ,’उनले भने ।
‘प्राधिकरणले दिने सेवामा प्रभावकरिता ल्याउन, प्रणालीलाई स्वचालित रूपमा सञ्चालन गरी भरपर्दाे र गुणस्तरीय विद्यत् आपूर्ति दिन तथा प्रविधिको प्रयोग गरी जनशक्तिको बढ्दो आवश्यकतालाई कम गर्दै लैजान प्रणालीलाई अटोमेसन र संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्राथमिकता दिइनेछ,’ कुलमानले भने ।















प्रतिक्रिया दिनुहोस्