रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, ३० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र पार्टीको भावि रणनीति बारेमा छलफल हुने छ । पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसको लागि पनि छलफल हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्