खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु, हुम्लामा पहिरो ६५ घर भत्कायो

काठमाडौं , साउन ३२ । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका(९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।उता हुम्लाको तााजाकोट गाउँपालिकामा पहिरोले ६५ घर भत्काएको छ ।शनिबार बिहान पहिरो जाँदा ताजाकोट गाउँपालिकाको रोकायबाडा, मैला गाउँ, कटेलबाडा, थापागाउँ, दमाईबाडा लगायत बस्तीका ६५ घर भत्काएको गाउँपालिका प्रमुख बागदल मल्लले बताए ।

पहिरोले गाउँपालिकाको प्रमुख बस्ने भवन र धर्मोदय मावि समेत पूर्ण रुपमा क्षति पारेको छ ।गाउँपालिकाका ५ सय घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका प्रमुख मल्लले बताए ।उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्