नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०४ पुग्यो

काठमाडौं, साउन ३२ । नेपालमा आइबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएहा हुन् । आज पर्साका एक पुरुष र मोरङकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार शनिबार कपिलवस्तु, पर्सा र धनुषामा एक र एक जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्