बढ्दै जोखिम: भरतपुर अस्पतालका प्रमुखसहित २८ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन ३२ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा।श्रीराम तिवारीसहित चितवनमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बेलुका आएको नतिजा अनुसार चितवनका २७ र सर्लाहीका एकजना छन्।

भरतपुर अस्पतालका मात्रै तीनजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले बताए। तिवारीसहित स्त्री तथा प्रसूति विभागका प्रमुख डा।सुनिलमणि पोखरेल, आकस्मिक कक्षका एकजना चिकित्सक र स्वास्थ्यकर्मीमा पनि संक्रमण भेटिएको उनले बताए।

भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण भएका ४७४ नमुनामध्ये कुल २८ जनामा संक्रमण भेटिएको थियो। अस्पताल विकास समितिका अध्यक्ष डा।अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन्।

भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन्। यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन्।

यस्तै रत्ननगर नगरपालिका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ५ र १२ का ३ पुरुष र एक महिला रहेका छन्। पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन्। त्यसैगरि खैरहनी नगरपालिका वडा नम्बर ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। रत्ननगर र खैरेनीका संक्रमित क्वारेन्टिनमा थिए।

चितवनमा पछिल्लो समय संक्रमणको संख्या बढ्दै गएपछि भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। प्रसूति विभागका प्रमुखलाई कोरोना संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिने अध्यक्ष डा।अधिकारीले बताए। ‘यो संकटको समयमा हामी जति चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचार कार्यमा खटिरहेका छौँ,’ उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालको नियमित उपचारमा भने कुनै असर हुँदैन।’ काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो ।

प्रसूति विभागका प्रमुखलाई कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ ।भरतपुर क्षेत्रमा रोगको सङ्क्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्