भरतपुर अस्पतालका मेसुसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना पुष्टि

काठमाडौं, साउन ३२ । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

शनिवार राति गरिएको कोरोना परीक्षणमा डा। तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा।डा। सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा।कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो ।

संक्रमित डा। तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । डा। तिवारीले आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । संक्रमण कसरी भयो भन्ने बारेमा अहिलेसम्म केही थाहा हुन नसकेको डा। तिवारीको भनाइ छ ।

यस्तै, अस्पतालका प्रसूति रोग विभागका प्रमुख प्रा।डा। सुनिलमणि पोखरेल पनि अस्पतालकै क्याविनमा बस्न आउँदै गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । प्रा।डा। पोखरेललाई भने हल्का ज्वरो र सामान्य खोकी लागिरहेको छ ।काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो ।

प्रसूति विभागका प्रमुखलाई कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ ।भरतपुर क्षेत्रमा रोगको सङ्क्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्