काठमाडौं उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित, पीसीआर टेष्ट ५ लाख नाघ्यो

काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जना कोरोना संक्रमितहरू थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा ८० जना, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरेर ९८ जना संक्रमित भेटिएका हुन्।

यसअघि शुक्रवार काठमाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ कोरोना संक्रमित थपिएका थिए।

त्यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकासहित देशैभर थप ४६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी संक्रमित संख्या २६ हजार नाघेको जनाएको छ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १७ हजार २०१ पुगेका छ।

नेपालमा कोरोना निको हुनको प्रतिशत ६६.१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्