कोरोनाबाट सुदूरपश्चिममा मात्रै मृत्यु हुनेको संख्या ११ पुग्यो, कुन जिल्लामा कति ?

काठमाडौं, साउन ३१ । सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बझाङ र कैलालीका १–१ जनामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको हो ।

बझाङमा आत्महत्या गरेका व्यक्तिमा कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाइएको थियो भने कैलालीका अर्का १ जना संक्रमितको चितवनमा मृत्यु भएको थियो ।

यसअघि नै बझाङका २, बाजुरका २, अछामका १, कैलालीका ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

हाल अछाममा ५६, बैतडीमा ६, बझाङ्गमा १७५, बाजुरामा १५, डडेल्धुरामा ५, दार्चुलामा ३०, डोटीमा १६८, कैलालीमा, १७९ र कञ्चनपुरमा १४ गरी ६४८ जना सकृय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्