काठमाडौं उपत्यकामा थप ११९ जनामा संक्रमण पुष्टि , यी ४ जिल्लमा छन् ५०० भन्दा बढी उपचाररत संक्रमित

काठमाडौं, साउन ३० । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएको जनाकारी दिएका हुन्।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ गरी उपत्यकामा ११९ जनामा कोरोना पुष्टि भएको हो।योसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो।उनले देशभरका क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेको जानकारी दिए।

त्यस्तै पछिल्ले २४ घण्टमा २४० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ। यसैबीच प्रवक्ता गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ४ जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्