कोरोनाबाट थप ४ जनाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं , साउन ३० । नेपालमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जना गरी ४ जनाको मृत्यु भएको बताए ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।
यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्