कोरोना कहर : विश्वभर ७ लाख ५३ हजारले ज्यान गुमाए, संक्रमितको संख्या २ करोड १० लाख नाघ्यो

काठमाडौं , साउन ३० । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ भने ७ लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड १० लाख ८० हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख ५३ हजार ४ सय ६७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ करोड ३९ लाख ११ हजार ४ सय ८ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ७० हजार ४१५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५४ लाख १५ हजार ६६६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५ हजार ३६४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २८४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३२ लाख २९ हजार ६२१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३०१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५६४ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार १४४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६४ हजार १४२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २४ लाख ५९ हजार ६१३ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्