काठमाडौं उपत्यकामा थपिए १२७ कोरोना संक्रमित, ५ जिल्ला संक्रमणमुक्त

काठमाडौं, साउन २९ । काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७ जना संक्रमित थपिएका छन् ।

नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको बताएको छ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र संखुवासभा संक्रमणमुक्त भएको बताएका हुन्।

त्यस्तै बिहीबारसम्म चार जिल्लामा ५०० बढी कोरोना संक्रमित छन्।

काठमाडौं, रौतहट, महोत्तरी र पर्सामा सबैभन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्