कोरोनाबाट थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५ पुग्यो
काठमाडौं, साउन २९ । नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । आज ५२५ जना थपिएका छन् । बुधबार ४८४ थपिएका थिए । मंगलबार ६३८ जना थपिएका थिए । यस्तै सोमबार ३३८ जना थपिएका थिए ।
आजसम्म सक्रिय संक्रमितको संख्या ८,०२५ छ । आज ९ हजार ४५९ को परिक्षण गरिएको थियो ।
यस्तै निको हुनेको संख्या १६ हजार ८३७ पुगेको छ । आज १०९ जना निको भएका छन् । बुधबार ६४ जना निको भएका थिए । मंगलबार १७१ जना निको भएका थिए । यस्तै सोमबार १४० जना निको भएका थिए । हालसम्म ६७।५ प्रतिशत निको भएका छन् ।
मृत्यु हुनेको संख्या ९५ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ । बुधबार धार्दिङ, काठमाडौं, धनुषा, सप्तरी, मोरंग, कपिलवस्तु र बाराका ८ जनाको मृत्यु भएको थियो । मंगलबार पनि ४ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।
प्रतिक्रिया दिनुहोस्