कांग्रेस नेताले सुरुगरे भ्रष्ट्राचार विरुद्धको शुद्धीकरण अभियान ,नेताले किन लगाए जुत्तामा पालिस ?

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान चाएका छन् ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर मंगलबार नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्राराम्भ गरेका हुन् ।

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने बटुवाको जुत्तामा पालिस लगाएका थिए ।

कांग्रेस नेता भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्