कोरोनाकाल : विश्‍वभर १ करोड ३७ लाख निको भएर घर फर्किए

काठमाडौं, साउन २९ । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ३७ लाख २३ हजार ४७४ पुगेको छ।

यस्तै २ करोड ८२ लाख ७५ हजार ८१ जना संक्रमित भएका छन् भने ७ लाख ४७ हजार ५८४ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५३ लाख ६० हजार ३०२ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ६९ हजार १३१ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३१ लाख ७० हजार ४७४ जना संक्रमित भएकोमा १ लाख ४ हजार २६३ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ २३ लाख ९९ हजार ९९२ जनामा संक्रमण भएकोमा ४७ हजार १६९ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ९ लाख ७ हजार ७५८ जना संक्रमित भएका छन् भने १५ हजार ३८४ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ७६ हजार ८६४ संक्रमित भएकोमा २८ हजार ५७९ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख १३ हजार ७९८ संक्रमित भएकोमा ४१ हजार ३२९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ९८ हजार ५५५ छ भने २१ हजार ७१३ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्