सुनको मूल्य फेरि उकालो लाग्यो, कति पुग्यो आज ?

काठमाडौँ , साउन २९ । निरन्तर बढ्दै गएको सुनको मूल्य केहिदिन घटेर आज पुनः बढेको छ । बुधबार एकै दिन तोलामा ६२ सय रुपैयाँ कम भएको सुनको मूल्य बिहीबार फेरि बढेको हो ।

बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलामा २४ सय रुपैयाँ बढेर तेजाबी सुन बिहीबार ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलाको १२ सय ९५ रहेको छ । पछिल्लो समय सुनको मुल्यमा घटबड भइरहेको छ । कोरोनाका कारण पनि सुनको मुल्यमा उतारचढाव हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्