बरुण हाइड्रोपावरले ५ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद ल्याउने, कहिले र कहाँ बोलायो साधारण सभा

काठमाडौं । बरुण हाईड्रो पावर कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरणपछि शतप्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारणसभामा असोज २७ गते बोलाएको र सो प्रस्ताव गरिएको हो ।

कम्पनीले साधारणसभा युनियन हाउस अनामनगरमा असोज २७ गते शुक्रबार ११ बजे तेह्रौं र चौधौँ साधारणसभा एकैदिन बोलाएको छ । साधारणसभाले विशेष सभारण सभाबाट पारित १ बराबर १ अनुपातमा हकप्रद सेयरको अनुमोदन गर्ने प्रस्तावका साथै लेखापरिक्षक नियुक्ती, वासलात पारित गर्ने अन्य एजेण्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्