निरन्तर बढ्दै आएको सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २ सय

काठमाडौं, साउन २८ । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता घटेको छ । बुधवार भने सुनको मूल्य तोलामा ६ हजार २ सयले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) सुनको मूल्य ९५ हजार ४ सय कायम गरिएको छ ।आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रुपैयाँ ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला १ हजार २ सय १० कायम भएको हो ।

गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसपछि भने सुनको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्