नेपालमा मृत्यु हुनेको संख्या ७९ पुग्यो

काठमाडौं, २६ साउन । नेपालमा थप चार जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । आज निधन हुने दुई पुरूष र दुई जना महिला रहेका छन् ।

निधन हुन कोहलपुर,२ बस्ने ७० वर्षकी वृद्धा हुन् । उनमा उच्च रक्तचापको समस्या रहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि ती वृद्धलाई साउन २३ गते नेपाल मेडिकल कलेज, कोहलपुर लगिएको थियो । उनको साउन २५ गते दिउँसो ३ः १० मा निधन भएको हो ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पर्सा ,१५, वेदियदि निवासी ४५ वर्षिय महिलाको पनि निधन भएको छ । उनको साउन २५ गते बिहान ४ बजे नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।

त्यस्तै निधन हुने अर्का कोरोना संक्रमित काठमाडौं,१०, मध्य बानेश्वरका ७६ वर्षका वृद्ध हुन् । ती वृद्धको साउन २६ गते बिहान १० बजेर १५ मिनेट जाँदा मेडिकेयर अस्पतालमा निधन भएको हो ।

मन्त्रालयका प्रवक्त डा। जागेश्वर गौतमका अनुसार किर्तीपुर,टांग्लाफाट बस्ने ६४ वर्षिय एक कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको साउन २६ गते नै बिहान ५ बजेर ४२ मिनेटमा मृत्यु भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्