अध्यागमन विभागका कर्मचारीमा कोराना, सबै सेवा बन्द

काठमाडौं, २६ साउन । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष् िभएपछि विभागको सेवा बन्द गरिएको छ । विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो । उक्त व्यक्तिमा कारोना पोजटिभ आएपछि विभागलाई सिल गरि सेवा बन्द गरिएको विभागको महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।

‘कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेका छौं,’ उनले भने, ‘अब उहाँको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण हुन्छ ।’ उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ । विमानस्थलका कर्मचारीको समेत नियमित परीक्षण भइरहेको र त्यहाँ भने पोजेटिभ नपाइएको महानिर्देशक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्