कोरोनाबाट सिरहाका २१ वर्षीय युवकको मृत्यु, उपत्यकाका अस्पताल संक्रमितले भरिए

काठमाडौं, साउन २३ । सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए ।

प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ ।उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको कणेलले बताए ।

संक्रमितको संख्या दैनिक बढ्दो क्रममा

पूर्वतयारी र सावधानीका उपाय नअपनाई सरकारले लकडाउन हटाएपछि संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । काठमाडौं उपत्यकामा पछिल्लो समय लक्षणसहितका संक्रमित धेरै देखिइरहेका छन् ।

नेपालमा विहिबारसम्म संक्रमितको संख्या २१ हजार ७ सय नाघिसेको छ । तीमध्ये ६ हजार २ सय ९६ संक्रिय संक्रमित छनु । प्रदेश २ मा सबैभन्दा धेरै २ हजार ६ सय ९३ जना सक्रिय संक्रमित छन् । यसैगरी सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा सुदूरपश्चि दोस्रो स्थानमा छ । त्यहाँ १ हजार ४ सय ९० जना सक्रिय संक्रमित छन् । बागमतीमा ८ सय ३५, प्रदेश ५ मा ३ सय ७७, गण्डकीमा २ सय ८०, प्रदेश १ हजार ३ सय ५८ र कर्णाली प्रदेश सबैभन्दा कम २ सय ६३ जना सक्रिय संक्रमित छन् ।

यसरी संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा आइसोलेसन अपुग हुन थालेको छ । सावधानी नअपनाउँदा र संक्रमित बढ्दै जाँदा नेपालमा कोरोनाले महामारीको रुप लिने स्वास्थ्य विज्ञहरु बताउँछनु । स्वास्थ्य मन्त्रालय आफैले नै यसरी बढ्दा देशभर आइसोलेसनको र चिकित्सकको अभाव भएर अवस्था भयावह हुनसक्ने चेतावनी दिँदै आएको छ । मन्त्रालयले भनेको छ( ‘तीव्र रुपमा स‌ंक्रमण बढिरहे मुलुककै राजधानी काठमाडौंसहितका अस्पतालमा भेन्टिलेटर र आईसीयू नपुग्ने अवस्था देखिएको छ ।

’अस्पताल भरिए, संक्रमित घरमै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का अनुसार काठमाडौंमा मात्रै २७ जना घरमै आइसोलेसनमा बसेका छन् । संक्रमितलाई आइसोलेसनमा राख्ने जति पनि अस्पताल छन्, ती सबै भरिभराउ भएपछि व्यवस्थापन गर्न गाह्रो भएको हो ।

कोरोना पुष्टि भएका र लक्षण नदेखिएका बिरामीलाई घरमा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्न दिएको ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिए । ‘कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमित राख्ने आइसोलेसन भएका सीमित अस्पताल भरिएका छन्,’ डा। पाण्डेले भने( ‘अब नयाँ संक्रमितलाई राख्न अस्पताल थप्नुपर्छ ।’

संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अस्पताल, दुवाकोटको केएमसी अस्पताललाई तोकिएको छ । तर यी सबै अस्पतालमा निर्माण गरिएका आइसोलेसन अहिले संक्रमितले भरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्