नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं, साउन २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसा मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ देखिएको हो । मोरङका एक ४५ वर्षीय अर्का पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको छ ।धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको र उनका पनि कोरोना देखिएको हो । उनको साउन १७ बिहान ३स् ४८ बजे उनको निधन भएको हो ।

सप्तरीमा ४२ वर्षीय पुरुषको साउन २१ गते राति निधन भएको छ ।  योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्