आयोगको मतदाता शिक्षा र उम्मेदवारको प्रचार ‘सँगसँगै’

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता शिक्षा दिन सुरु गरेको छ । आयोगले राष्ट्रियसभा निर्वाचन प्रक्रिया, मतपत्रको प्रयोगलगायतका मतदाता शिक्षा दिन सुरु गरेको हो ।

यसअघि ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई निर्वाचन प्रक्रियाबारे प्रशिक्षण दिएको आयोगले निर्वाचन अधिकृतमार्फत मतदाता शिक्षा दिइरहेको छ । जिल्ला निर्वाचन अधिकारीले सम्बन्धित जिल्लामा रहेका राष्ट्रिय सभाका मतदातालाई माघ १८ गतेसम्म निर्वाचन प्रक्रियाबारे जानकारी गराउने प्रवक्ता नवराज ढकालले बताए ।

यता, राष्ट्रियसभा सदस्यका उम्मेदवार निर्वाचन प्रचारप्रसारमा जुटेका छन् । आउँदो माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका हुन् ।

सातवटै प्रदेशमा गरी राष्ट्रियसभा निर्वाचनमा अब ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्