प्रदेश दुईका कानुनमन्त्रीलाई पनि कोरोना संक्रमण

काठमाडौं , साउन २२ । दुई नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइरस (कोभिड९१९) पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको मन्त्री यादवले पनि जानकारी दिएका छन ।

यादवलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको छ । मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमित कर्मचारी २८ देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरूको पद भने खुलाइएको छैन ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । प्रदेश दुई कोरोना संक्रमणको हट स्पट बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्