नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

काठमाडौं , साउन २१ । कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

.उनका अनुसार पर्सा वीरगन्जकी १८ वर्षकी युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनको साउन १९ गते मृत्यु भएको जानकारी दिए ।

झाडापखालाको समस्या देखिएर उपचारका लागि नेशनल मेडिकल लैजाने क्रममा मृत्यु पश्चात संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको उनले बताए ।

त्यसैगरी वीरगन्ज ११ बस्‍ने ४६ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको उनले बताए । खोकीको समस्या देखिएको थियो ति पुरुषमा साउन १९ गते कोरोना पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल भर्ना भएका थिए ।

ति पुरुष मधुमेहको समेत विरामी रहेको उनले जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्