आज ३८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

काठमाडौं, साउन २१ । नेपालमा बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।.जागेश्वर गौतमले बुधलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।  सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार १५६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्