जसपा केन्द्रीय समितिको बैठक सुरु, के छ एजेण्डा ?

काठमाडौं , साउन २१ । जनता समाजवादी पार्टी ९जसपा० को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि सुरु भएको छ। बैठक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो ।बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा रहेको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना नेता सहभागी हुनेछन् । दुई पार्टी बीच गरिएको एकीकरणपछि जसपा बनेको हो । आजको बैठक पछि पार्टीको आगामी दिनको कार्ययोजना बनाइने छ ।

बैठकमा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवलगायत बरिष्ठ नेता डा। बाबुराम भट्टराई सहभागी छन् । नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका शीर्ष नेताहरुपनि सहभागी छन् ।बुधबारबाट सुरु भएको बैठक बढीमा २६ साउनसम्म लम्बिन सक्ने जसपा नेता रकम चेम्जोङले जानकारी दिए ।

१० वैशाखमा पार्टी एकीकरण घोषणा गरेको जसपाले २८ असारमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्