झनै बढे संक्रमित : मंगलवार थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं , साउन २० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मंगलवार एकैपटक ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मंगलवार संक्रमण पुष्टि हुनेमा काठमाडौंका ४८, भक्तपुर १३ र ललितपुरका एक जनामा गरि ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका ३८ जना र भक्तपुरका ११ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका ५ जना, स्टार अस्पताल सानेपामा काठमाडौंका २ जना र ललितपुरका १ जना, बिआईडिएच ल्याबमा गरिएको परीक्षणमा ३ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा भक्तपुरकै १ जनामा गरी बितेको २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्