आजको मौसम पूर्वानुमान : यी स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं , साउन १९ । जल तथा मौसम विज्ञान विभागले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमानमा आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ ।

साथै, हाल देशभर सामान्य देखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु अन्य प्रदेशका एक दुइ स्थानमा अहिले बर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्