बागलुङका एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १८ । बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परीक्षणमा जैमिनी नगरपालिकामा कार्यरत ५२ वर्षिय स्वास्थ्यकर्मीसहित बागलुङका ६ जनामा कोरोना पुष्टि भएको हो ।

पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ थालिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

संक्रमति स्वास्थ्यकर्मीलाई उपचारको लागि धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भएको छ । स्वास्थ्यकर्र्मी क्वाटरमै बस्ने भएकाले क्वाटरमा बस्ने, कार्यालयमा कार्यरत कर्मचारीसहित फिल्डमा गए नगएको बुझेर सम्भावित जोखिममा रहेका सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्