सभामुख सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना पुष्टि, जोखिममा उपत्यका

काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ।संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो। यसैबीच सभामुख अग्नसप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सभामुख सापकोटाको अगुवा गाडीमा रहने प्रहरीलाइ कोरोना पुष्टि भएको हो । प्रहरी स्रोतका अनुसार संक्रमित प्रहरी साउन ६ गतेसम्म सभामुखको अगुवा सवारीमा सुरक्षार्थ खटिइरहेको थिए ।

नीसँग सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको र उनीहरुको रिपोर्ट भोलिसम्म आइसक्ने जनाइएको छ ।राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएको पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ।

प्रतिक्रिया दिनुहोस्