उच्च अदालतका न्यायाधीशमा कोरोना, जनकपुर र धनुषा जिल्ला अदालतको सेवा भयो बन्द

काठमाडौं, साउन १६ । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

५० वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजेटिभ देखिएको हो ।

न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । न्यायाधीशमै कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश नम्बर–२ जनकपुरधामस्थित उच्च अदालत र धनुषा जिल्ला अदालतको सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द गरिएको छ ।

उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि साउन ३१ गतेसम्मका लागि निश्चित काम–कारबाहीबाहेक अन्य सबै सेवा बन्द गरिएको जनाइएको छ ।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोसिएसनको छलफलबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्