बालुवाटार अगाडि ‘इनफ इज इनफ’ अभियान्ताको प्रदर्शन, रञ्जु दर्शना लगायत सयौं प्रहरी नियन्त्रणमा

काठमाडौँ , साउन १६ ।प्रहरीले काठमाडौंका विभिन्न भागबाट इनफ इज इनफु का अभियन्ताहरुलाई पक्राउ गरेको छ। पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सरकारले कोरोनाभाइरस महामारीको व्यवस्थापन राम्ररी नगरेको विरोधमा वसन्तपुरमा अनसनरत ईः को स्वास्थ्य कमजोर हुँदै जाँदा सडक प्रदर्शन गर्ने तयारीमा रहेका अभियन्ताहरुलाई पक्राउ गरिएको हो ।सो क्रममा ५२ जना अभियन्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेत्रृ रञ्जु दर्शनासहित ‘इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउन पुगेका युथ कंग्रेस नेपालका नेता कार्यकर्ता समेत रहेका छन् ।अहिले उनीसहित रञ्जु दर्शना, सौरभ न्यौपाने, नवराज उप्रेती, शशिविक्रम कार्की लगायतलाई पक्रेर प्रहरीले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखेको छ ।अन्य दर्जनौलाई महाराजगञ्ज, दरबारमार्ग, महेन्द्र पुलिस क्लबमा राखिएको छ।

प्रहरीले इनफ इज इनफको सत्याग्रहमा ऐक्यवद्धता जनाउन जानेसँगै सडकमा हिँडेकलाई समेत पक्राउ गरेपछि प्रहरीको चर्को आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्