भारतमा एकैदिन थपिए ५५ हजार बढी कोरोना संक्रमित, मृत्यु कति ?
काठमाडौं, साउन १६ । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ । अघिल्लो दिन पनि भारतमा कोरोना भाइरसका ५२ हजारभन्दा धेरै नयाँ कोरोन संक्रमित थपिएका थिए ।
भारतमा कोरोना भाइरसको कारण महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित बनेका छन् ।त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३५ हजार ७४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७७९ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख ५७ हजारभन्दा धेरै कोरानो संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्