नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको रातोपुलमा शाखा स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले रातोपुलमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमका बीच सोमबारका दिन उद्घाटन गरे ।

उक्त समारोहमा आफ्नो उद्घाटन मन्तब्य व्यक्त गर्दै डेपुटी गभर्नर शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्ने कुरा व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नु पर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक समक्ष विभिन्न कार्यक्रम मार्फत बैंक आफै पुग्नुपर्ने अपरिहार्यता व्यक्त गरे ।

नेपाल सरकारको दुर्गम क्षेत्रमा बैंक पु¥याउने उद्देश्य र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा पु¥याउन दिएको निर्देशन अनुरुप यस बैंकले पनि आफ्नो शाखा संजाल सो क्षेत्रहरुमा विस्तार गर्दै लैजाने विश्वास उक्त कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले व्यक्त गरे ।

एनसीसी बैंक संचालक समितिका अध्यक्ष श्री उपेन्द्र केशरी न्यौपानेले यस बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्यालले आफ्नो स्वागत मन्तव्यको क्रममा यस बैंकले निकट भविष्यमै नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्ब पु¥याउने प्रक्रृयामा गई सकेको जानकारी गराए ।

एनसीसी बैंकले २०७४ पौष मसान्तसम्ममा निक्षेप परिचालन रु. ५९ अर्ब तथा ५१ अर्ब कर्जा प्रवाह गरेको छ भने रु. ३५.४५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको अधिराज्य भरी हालसम्म ८० वटा शाखा संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्