काठमाडौं उपत्यकामा आज थप १५ जनामा कोरोना संक्रमण
काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकाका दुई जिल्लामा बुधबार थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा १४ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण देखिएको हो ।
टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको छ ।वीर अस्पताल प्रयोगशालमा काठमाडौंका दुई, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ ।
ललितपुरको स्टार अस्पताल प्रयोगशालामा पनि काठमाडौंका दुर्ई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार बुधबार देशभर थप दुई सय १० जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्