सानिमा बैंकको चार नयाँ शाखाहरु

काठमाडौं । सानिमा बैंक लिमिटेडले यहि माघ १४मा पोखराको अमरसिंह, बगर र बिरौटा साथै माघ १५ मा दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । पोखराको शाखा कार्यालयहरु समुद्घाटन् सानिमा बैंकका अध्यक्ष श्री विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका थिए भने दाङ्गको तुलसीपुर शाखा कार्यालय समुद्घाटन् सानिमा बैंकका अध्यक्ष श्री विनय कुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार श्री हरिवंश आचायद्वारा संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष श्री विनय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी सानिमा बैंकका अध्यक्षले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै अमरसिंह, बगर, बिरौटा र तुलसीपुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । समुद्घाटन समारोहमा मह जोडीले पोखरामा थप शाखा संचालनमा आएकोमा पोखरावासीलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्