रुकुम पश्चिममा भीरबाट लडेर दुई महिलाको मृत्यु
काठमाडौं, साउन १४ । भीरबाट लडेर रुकुम पश्चिममा दुई महिलाको मृत्यु भएको छ ।रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ कि सरिता बोहराको बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु भएको हो ।
लडेर गम्भीर घाइते भएकी सरिताको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्थानिय सिताराम देवकोटाले बताउनुभयो ।
त्यस्तै चौरजहारी नगरपालिका–११ खोलागाउँ निवासी ४० वर्षीया सुशिला मल्लको पनि लडेर मृत्यु भएको छ ।घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा लडेर घाईते भएकी सुशिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
बाढिपहिरो र अन्य प्रकोपमा परी रुकुम पश्चिममा एक महिनामा मात्र ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्