यती एअरलाईन्स कार्वोन नेचर एअरलाईन्सका रुपमा आफूलाई रुपान्तरण गर्दै

काठमाडौं । राष्ट्र संघीय विकास कार्यक्रमको सहभागितामा यती एअरलाईन्स कार्वोन नेचर एअरलाईन्सका रुपमा आफूलाई रुपान्तरण गर्ने औपचारिक कार्यको शुरुवात गरेको छ ।

यती एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले नागरिक उडड्यन प्राधिकरण र राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को अमूल्य सहयोगका कारण यती एअरलाईन्स कार्वोन नेचरको दिशामा अघि बढ्ने नेपालकै पहिलो वायुसेवा हुन सफल बताएका छन् । उनले भने “हामी सबैको सहयोगले निश्चय नै यस दिशामा सानै भएपनि ठोस सहयोग पु¥याउन सक्नेछौं ।”
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले यती एअरलाईन्सको यस निर्णयले प्राधिकरणको उड्डयन क्षेत्रलाई वातावरण मैत्री बनाउने तथा हरित गृह ग्यास कम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासमा ठोस योगदान पु¥याउन मद्दत पु¥याउने बताए ।

नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण, नागरिक समाजका अगुवा संघ संस्थाहरु र निजि क्षेत्रको सहभागितामा एअरलाईन्सले विगत एक वर्षको उत्सर्जन गरेको हरित गृह ग्यास र त्यसले वातावरणमा पार्ने असरका बारेमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्