भयावह बन्दै कोरोनाः स्वास्थ्य सुरक्षाका उपाय अपनाउन कार्यालय र कर्मचारीहरुलाई मन्त्रालयको आग्रह

काठमाडौँ , साउन १३।नेपालमा मंगलबारसम्म संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै उपत्यकामा ५३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन सकिए पनि कोरोना भाइरस संक्रमणको जोखिम यथावत् रहेको भन्दै हरेक कार्यालय र कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको मंगलबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कार्यालय छिर्नुअघि कर्मचारीहरुको अनिवार्य तापक्रम जाँच, मास्क लगाउन, स्यानीटाइजर प्रयोग, रुघाखोकी लागेको र ज्वरो आएका कर्मचारीलाई घरमै आराम गर्न लगाउने जस्ता सुरक्षाका उपाय अपनाउन अनुरोध गरेका हुन् ।

कोरोना संक्रमणको जोखिमबाट बचाउन भन्दै चैत ११ देखि जारी गरेको लकडाउन यही ६ गते मंगलबार मध्यराति अन्त्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्